कम्युनिस्टले धेरै चुरीफुरी गरेपछि कांग्रेसले बोलायो बैठक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा बैठक अनिर्णयको बन्दी बन्दै आएको छ ।

संसदीय दलको कार्यालय सिंहदबारमा शुक्रबार दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठकमा नयाँ सभामुख र संसद्को बैठक अनिर्णयको बन्दी बनेको विषयमा मुख्य छलफल हुनेछ ।

बैठकमा मुलुकभित्र उत्पन्नपछिल्लो राजनीतिक अवस्था र पार्टीले संसदमा निर्वाह गर्ने भूमिका विषयमा पनि छलफल हुनेछ ।

Published : Friday, 2020 January 17, 7:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया