ओली–प्रचण्डलाई मार्सी भात खुवाउने प्रसाइँ फरार
काठमाडौं । भक्तपुरस्थित आफ्नै निवासमा खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर एकाएक चर्चामा आएका मेडिकल माफियाको नामले परिचित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाइँलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।
अदालतबाट प्रहरीले अनुमति पाउनेवित्तिकै प्रसाइँ फरार भएका छन् ।
मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाइँविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
डा.गिरीले आफूलाई गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै प्रसाइँविरुद्ध जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।
निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । प्रसाइँ नभेटिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले झापास्थित प्रसाइँको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी भेटिएका छैनन् ।
बुधबार साँझबाटै उनको मोबाइल पनि स्वीच अफ रहेको स्रोतले जनाएको छ ।
प्रसाइँले मंगलबार पत्रकार सम्मेलन गरेर डा.गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए ।
द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाइँको आरोप छ ।
‘ममाथिका नेताहरूलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो’, प्रसाइँले भनेका थिए, ‘मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०–२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’
प्रसाइँ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष दाहाल निकट मानिन्छन् । दाहाल झापा जाँदा उनै प्रसाइँको अस्पतालमा बस्छन् ।
त्यति मात्रै होइन प्रसाइँले तत्कालीन एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण गराउन पनि भूमिका खेलेको दाबी गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया