युएईमा दुर्घटना, १६ नेपाली घाइते
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी १६ जना नेपाली घाइते भएका छन् ।
युएईस्थित नेपाली अधिकारीलाई उदृत गर्दै गल्फन्युजले उक्त पुष्टि गरेको हो । दुर्घटनामा ६ जना मृत्यु भएको समचारमा जनाइएको छ ।
युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनाको बारेमा जानकारी पाइसकेको बताए । उनले दुर्घटनाको विस्तृत विवरण लिने क्रममा रहेको बताए ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल पु¥याइसकिएको समाचारमा जनाइएको छ । घाइते नेपालीहरू काम गर्ने कम्पनी, उमेरलगायत अन्य विवरण हालसम्म खुल्न सकेको छैन ।
दुर्घटना बिहीबार बिहान अल राहाबीच रोडमा भएको थियो । अबुधाबी पुलिसले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोअनुसार यात्रु बोकेको बस लरीसँग ठोक्किएर दुर्घटना भएको देखिएको छ ।
अबुधाबी पुलिसले जारी गरेको विज्ञप्तिमा ६ जनाको मृत्यु भएको र १९ जना घाइते भएको उल्लेख गरिएको छ । बाँकी घाइते कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया