भारतीय नेतासँग कांग्रेस नेताद्वारा दिल्लीमा भेट
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहका बीचमा भेटवार्ता भएको छ ।
स्वास्थ्य उपचारका लागि सोमबार भारतको नयाँदिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष समेत रहेका सिंहसंग बुधबार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।
पार्टीभित्र विवाद झिकेर केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता पौडेल नयाँदिल्ली पुगेर भारतीय नेताहरूलाई भेटेका छन् ।
पार्टीभित्रको विवाद मिलाउनुभन्दा पौडेलले भारतीय नेताहरू भेट्न गएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले आलोचना गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया