यी हुन् महिलाको कपालमा बीर्य फ्याक्ने युवक
काठमाडौं । सार्वजनिक बसमा महिलाको कपालमा बीर्य फ्याक्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
एक वर्ष अगाडि सामाजिक सञ्जालमा भाइरल भएका बसमा बीर्यकाण्ड मच्चाउने युवकलाई प्रहरीले पक्राउ गरेको हो । एक वर्षदेखि भारत र नेपालका विभिन्न स्थानमा भोगेर हिँड्दै आएका ती युवकलाई अन्ततः प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
प्रहरीले तनहुँ जिल्लाको अरुणोदय घर भाई हाल चितवन जिल्लाको भरतपुर महानगरपालिका विकास चोकमा बस्ने २१ वर्षीय रविन सार्की भन्ने रविन रुचाललाई पक्राउ गरेको जनाएको छ ।
सोमबार साँझ चितवनबाट पक्राउ गरिएका उनलाई काठमाडौं ल्याइएको छ ।
प्लस टुसम्म पढेको बताउने सार्कीले सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बीर्य झारेका थिए । त्यो भिडियो सामाजिक सञ्जाल तथा पोर्न साइटहरूमा समेत अपलोड भएको थियो ।
घटनामा संलगनलाई कारबाही गर्न माग भएपनि कोही पक्राउ परेका थिएनन् । प्रहरीकाअनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे ।
उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहरू अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोँचले यो हर्कत गरेको अनुसन्धानबाट खुलेको छ ।
भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका थिए । सार्की ०१९ फेब्रुअरीमा भागेर भारतको नयाँदिल्ली पुगेका थिए ।
त्यहाँ करीव ३ महिना मम प्याक्ट्रीमा काम गरेका सार्की कश्मीर पुगेका थिए । त्यहाँ पनि करीव ४ महिना बसेका उनी चितवन फर्किएका थिए । घर फर्किएका सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानबाट खुल्न आएका कुराहरू
१. रविन सार्की भन्ने रबिन रुचाल करीव ३ वर्ष अगाडिदेखि काठमाडौंको बानेश्वरमा डेरा गरी रिक्सा चलाउने काम गरी बस्दै आएको ।
२. सामाजिक संजालमा करीव एक वर्ष अगाडि सार्वजनिक बसमा अश्लील भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेको ।
३. अश्लील भिडियो सामाजिक संजालमा भाईरल भएपछि निजलाई सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमै गालीगलौज गरेपछि काठमाडौंबाट २०१९ फेब्रुवरीमा भागी भारतको दिल्लीतर्फ गएको ।
४. निज काठमाडौंबाट भागी भारतको दिल्लीमा करीब ३ महिना मोमो फ्याक्ट्रिमा काम गरेको ।
५. त्यसपछि निज दिल्लीबाट कास्मिर गई करीव ४ महिना बसेको ।
६.करीव २–३ महिना अगाडि भारतको दिल्लीबाट पुनः चितवनस्थित आफ्नै घरमा आई बसेको ।
७. प्राविधिक अनुसन्धानबाट घटनासंग सम्बधित च्याट, फेसबुकमा पोष्ट र म्यासेज समेत गरेको पाइएको ।
८. निजले बिभिन्न ग्रुपहरू बनाई यस्ता अश्लील भिडियोहरू अपलोड गरी भ्युको आधारमा पैसा संकलन गर्ने उद्देश्य राखेको ।
९. निजले घटनाबारे उल्लेख गरी सामाजिक संजालमा माफी समेत मागेको ।
यसैबीच, काठमाडौंमा सार्वजनिक बसमा सवार महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा एक जना चालक पक्राउ परेका छन् ।
बा.२ ख ९३२४ नम्बरको बस चालक उदयपुर कटारी घर भएका भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो बसमा लगनखेलबाट न्यूरोडतर्फ एक्लो यात्रु भई जाँदै गरेकी महिलालाई दाहालले बसभित्रै उनको मोबाइल समेत नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं ढल्कुबाट दाहाललाई पक्राउ गरेको जनाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया