कांग्रेसका वरिष्ठ नेता पौडेल नयाँदिल्ली प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नेता पौडेल सोमबार उपचारका लागि नयाँ दिल्ली गएका हुन् ।
रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँदिल्ली गएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएक छन् ।
नयाँदिल्ली बसाइँका क्रममा राजनीतिक भेटघाट पनि हुन सक्ने स्वकीय सचिव अधिकारीले बताए ।
नेपाली कांग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार मात्रै भेटवार्ता भएको थियो । सो भेटपछि नेता पौडेल नयाँदिल्ली गएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया