बर्दिबासमा कांग्रेस र समाजवादीको भेला, उम्मेदवारले मागे भोट
बर्दिबास । नेपाली कांग्रेस र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनको प्रचार प्रसारका लागि महोत्तरीको बर्दिबासमा एक दिने विचार गोष्ठिको आयोजना गरेका छन् ।
बर्दिबासमा आइतबार भएको विचार गोष्ठिमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विशेष सम्बोधन गरेका थिए ।
उनीहरूले राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिस्पर्धा गरेकाले सोही अनुसार मतदान गर्न निर्देशन दिएका छन् ।
विचार गोष्ठिमा नेपाली कांग्रेस र समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद, प्रदेश सांसद, गाउँपालिका र नगरपालिकका प्रमुख तथा उप्रमुखहरूको उपस्थिति रहेको थियो ।
देशमा कम्युनिस्टहरूको दब्दबा बढ्दै गएको भन्दै उपसभापति निधि र अध्यक्ष यादवले विचार गरेर आफ्ना उम्मेदवारहरूलाई मतदान गर्न निर्देशन दिए । उनीहरूले राम्रोसँग ध्यान दिएर मतदान गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका साथै नेताहरू फरमुल्लाह मन्सुर, रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना, चित्रलेखा यादव, अजय चौरसिया लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
समाजदावी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी राष्ट्रिय सभाका उम्मेदवारहरू भोला पञ्जियार, रामपृत पासवान, नगिना यादव र अनिरुद्धकुमार सिंह यादवको पनि उपस्थिति रहेको थियो ।
उनीहरू नेपाली कांग्रेस र समाजवादीको तर्फबाट उम्मेदवार बनेका छन् । उम्मेदवारहरूले कार्यक्रममा आफूहरूलाई मतदान गर्न अपील समेत गरेका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया