ओली सरकारविरुद्ध कांग्रेस सडकमा जाने बेला आउँदै छः डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने गरी ल्याउन लागेको विधेयक लोकतन्त्र र विधिको शासन विपरित रहेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता डा.कोइरालाले आइतबार विज्ञप्ति जारी गरेर संविधानले ग्यारेण्टी गरेको नागरिकका बिचार अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायले ल्याउन लागेको बताए ।
सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक संजालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिष्ट, ब्यंग्यकार र सर्वसाधारण नागरिकलाई जेल हाल्ने कानून ल्याउनु सर्वसत्तावादको पूर्वाभ्यास भएको उनको भनाई छ ।
जन–आन्दोलनको जगमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र कमजोर हुने काम जो कोहीबाट भएमा त्यसको नेपाली कांग्रेसले सशक्त प्रतिकार गर्ने नेता डा.कोइरालाको चेतावनी छ ।
जुन कुराप्रति नागरिक समाज, बुद्धिजीवी, पेशागत संघ–संस्थालगायत सम्पूर्ण नागरिक विरुद्धमा उभिनु अनिवार्य भएको डा.कोइरालाले बताएका छन् ।
‘यो विधेयक विपरित काम भएमा विश्वको जुनसुकै कुनाबाट पनि मुद्दा चलाउन सक्नेछ’, उनले भने, ‘प्रमाणीकरणको काम विदेशी कम्पनीले पनि पाउने भएपछि नेपाली तथ्यांकमा विदेशी कम्पनीको हालिमुहाली हुनसक्ने अवस्था पनि उत्तिकै छ ।’
यो सबै हेर्दा शाही शासनको समयमा हल्ला चलेको विधयेक नै अहिले ल्याइएको झैं देखिएको नेपाली कांग्रेसका नेता डा.कोइरालाको भनाइ छ ।
‘नागरिकले कानूनी राज्यको आभाष गर्न नपाउने विधेयक निःशर्त फिर्ता लिनुपर्छ’, उनले चेतावनी शैलीमा भनेका छन्, ‘संविधानले दिएको अधिकार कटौती भएमा नेपाली कांग्रेस चुप लागेर बस्दैन । जनतालाई साथमा लिएर सडकमा जान्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया