कम्युनिस्टहरू गैह्र जिम्मेवार भएपछि विश्वप्रकाशद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको विषयलाई दुःखद् भएको जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरेर यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार व्यवहारका रूपमा लिएको बताएका छन् ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ’, उनले भनेका छन्, ‘३ महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’

‘स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिन चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

‘तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ’, प्रवक्ता शर्माले भनेका छन् ।

Published : Sunday, 2020 January 12, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया