लम्बियाे पौडेल समूहका सभापतिहरूको बैठक, यसरी बन्यो रणनीति
काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको परामर्श बैठक अरु एक दिन लम्बिएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको दोस्रो दिनको जिल्ला सभापतिहरूको परामर्श बैठक बुधबारसम्मका लागि लम्बिएको हो ।
नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले बुधबार १ बजे पुनः परामर्श बैठक बस्ने गरेर स्थगित भएको जानकारी दिए ।
बैठकमा धारणा राख्ने नेता तथा सभापतिहरूले सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । उनीहरूले देउवालाई निरंकश भएको भन्दै आलोचना गरेका हुन् ।
मंगलबारको परामर्श बैठकमा १४ जना जिल्ला सभापतिहरूले धारणा राखेका थिए । उनीहरूले पार्टीलाई विधि, विधान र पद्धतिमार्फत चलाउन सुझाव दिएका छन् ।
‘सबैको धारणा पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने छ । विधि र विधानअनुसार पार्टी चलाउनुपर्छ’, सभापति श्रेष्ठले भने, ‘सबै कार्यकर्तालाई पार्टीमा योग्यता र क्षमताअनुसार न्याय हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ भन्ने सुझाव आएको छ ।’
सभापतिहरूले केन्द्रीय कार्यसमितिबाट सभापति शेरबहादुर देउवाले बहुमतको बलमा गरिएको निर्णय र क्रियाशील सदस्यता वितरणको विषयमा गम्भीर आपत्ति जनाएका छन् ।
उनीहरू सबैभन्दा धेरै क्रियाशील सदस्यता वितरणको विषयमा विधानको धारा संशोधन गरिएकोमा आक्रोशित बनेका छन् ।
मंगलबारको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुन नरसिंह केसी र डा.शेखर कोइरालाले धारणा राखेका थिए ।
उनीहरूले पार्टीको विधान र पद्धतिलाई उल्लंघन गरेर सभापति देउवाले निरंकुश शैलीमा निर्णयहरू गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनीहरूले केन्द्रीय कार्यसमितिबाट सभापति देउवाद्वारा पारित गराइएको निर्णयहरू फिर्ता गर्नुपर्ने तथा सहमतिबाट निर्णय गर्न दवाव दिनुपर्ने धारणा राखेको चितवन कांग्रेसका सभापति श्रेष्ठले बताएका छन् ।
बुधबार १ बजे जिल्ला सभापति र केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको परामर्श बैठक बस्नुभन्दा पहिला १२ बजे जिल्ला सभापति र केन्द्रीय नेताहरूको अलग–अलग बैठक बस्नेछ । त्यसपछि निर्णय गरिनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया