मेलमिलाप दिवस मनाउन तरुणद्वारा जिल्लाहरूलाई निर्देशन

काठमाडौं । नेपाल तरुण दलले राष्ट्रिय एकता र मेलमिलाप दिवस एक सातासम्म मनाउने निर्णय गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्वारा मंगलबार जारी परिपत्रअनुसार पुस १६ गतेलाई दिवसका रुपमा देशभरि मनाउने निर्णय भएको हो ।

बस्नेतले सबै जिल्लाहरूलाई मेलमिलाप दिवसका दिन रचनात्मक कार्यक्रम गरी सोको जानकारी केन्द्रीय कार्यालयलाई पठाउन निर्देशन दिएका छन् ।

पञ्चायत कालमा भारतमा निर्वासन जीवन बिताइरहेका वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिन पुस १६ गते नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले हरेक वर्ष राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै आएका छन् ।

राजा र राजनीतिक दलबीचको मेलमिलापको नीति लिएर ०३३ साल पुस १६ गते भारतबाट वीपी स्वदेश फर्केका थिए ।

यसै दिनको सम्झनामा कांग्रेस र उसका भातृसंगठनले राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै आएको छ ।

यस वर्ष तरुण दलले साताव्यापी ४४औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने निर्णय गर्दै तरुण दलका सबै जिल्ला समितिलाई परिपत्र गरेको दलका अध्यक्ष बस्नेतले बताए ।

Published : Tuesday, 2019 December 31, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया