सभापति देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा र सभामुख निर्वाचनको विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक पुस १७ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि सभापति देउवाले निर्देशन दिएका छन् ।
पार्टी सभापति देउवा र अन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहवीच विवाद चलिरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।
बैठकमा पौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूह सहभागी हुन्छ वा हुँदैन केही भनिएको छैन ।
Published : Tuesday, 2019 December 31, 2:34 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया