काठमाडौं, भक्तपुर र ललितपुर तरुणका अध्यक्षहरूवीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेतृत्ववीच व्यक्तिगत स्वार्थलाई लिएर तनावपूर्ण अवस्था सिर्जना भइरहेका बेला नेपाल तरुण दल काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षहरूले समसामयिक विषयमा परामर्श गरेका छन् ।
भक्तपुर तरुण दलका अध्यक्ष राजु थापा, काठमाडौं तरुणका अध्यक्ष कृष्णजी खड्का र ललितपुर तरुण दलका अध्यक्ष शिवराम महर्जनसहितका तरुण नेताहरूले सोमबार कुराकानी भएको हो ।
उनीहरूले राजनीतिक विषयवस्तुलाई भन्दा पनि जनताका दैनिक समस्या र त्यसको समाधानका लागि कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारेमा पनि परामर्श गरेका छन् । उनीहरूले काठमाडाैं उपत्यकाभित्र बन्दै गरेर विकासका संरचनाहरूलाई छिटाेभन्दा छिटाे पूरा गर्न दवाव सिर्जना गर्नेदेखि सहयाेग गर्नेसम्मकाे सहमति कायम गरेका छन् ।
काठमाडौं उपत्यकाभित्र रहेको सवारी जाम र त्यसको व्यवस्थापनमा तरुण दलको भूमिकाका विषयमा पनि उनीहरूले परामर्श गरेको भक्तपुर तरुण दलका नेता राजु पुरीले जानकारी दिए ।
काठमाडौं उपत्यकामा कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, गंगबु, महाराजगञ्ज, चाबहिल, पुतलसीसडक, थापाथली, त्रिपुरेश्वर, लैनचौर लगायतका स्थानमा अत्याधिक जाम हुँदै आएको छ ।
तीन जिल्लाका तरुण अध्यक्षहरूले काठमाडौं उपत्यकाको जाम हटाउन आफूहरूको तर्फबाट हुने सहयोग गर्न तयार रहेको जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया