सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगे महामन्त्री डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट महामन्त्री डा.शशांक कोइरालाबीच भेटघाट भएको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित देउवा निवासमा उनीहरूका बीच कुराकानी भएको हो । पार्टीभित्र विवाद भइरहेका बेला देउवाले महामन्त्री डा.कोइरालालाई बोलाएर सो विषयमा कुराकानी गरेका हुन् ।
सभापति देउवालाई भेट्न महामन्त्री डा.कोइराला सोमबार दिउँसो पुगेको स्रोतले जनाएको छ ।
सभापति देउवालाई भेट्न बंगलादेशको संसदीय प्रतिनिधिमण्डल बुढानिलकण्ठमा पुगेको थियो । बंगलादेशको संसदीय प्रतिनिधिमण्डललाई भेट्ने क्रममा देउवा र डा.कोइरालाबीच कुराकानी भएको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका महामन्त्री डा.कोइरालाले देउवालाई सभापतिबाट हटाउने भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला देउवा र डा.कोइरालाबीच कुराकानी भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया