कम्युनिस्ट सरकारविरुद्ध तरुणद्वारा काठमाडौंमा प्रदर्शन (तस्वीर)
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको बलियो कम्युनिस्ट सरकारले गोकर्ण फरेष्टको जंगल यती समूहलाई कौडीको भाउमा दिएको विरोधमा नेपाल तरुण दलले प्रदर्शन गरेको छ ।
काठमाडौंको गोकर्णस्थित गोकर्ण रिसोर्टको गेट अगाडि नेपाल तरुण दल कागेश्वरी मनोहरा नगर समितिले कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
तरुणका नेता तथा कार्यकर्ताहरूले गोकर्णको जंगल कौडीको भाउमा यती ग्रुपलाई दिएको भन्दै आइतबार प्रदर्शन गरेका हुन् ।
तरुण दलको प्रदर्शनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
विरोध कार्यक्रममा नेविसंघका नेताहरू पावल बज्राचार्य, सुवास फुँयाल, निराजन नेपाललगायतको उपस्थिति रहेको तरुण दल नगर अध्यक्ष प्रेम थापाले जानकारी दिए ।
तरुण दलका नेता कबीर फुँयालले यती ग्रुपलाई गोकर्ण फरेष्ट कौडीको भाउमा दिने कम्युनिस्ट सरकारको निर्णय सच्याउन माग गरे । उनले आफूहरूको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तरुण दलले ६ वर्ष समय हुँदाहुँदै गृहमन्त्री रामबहादुर थापालाई अध्यक्षबाट हटाएर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई संयोजकको जिम्मेवारी दिएर गोकर्ण फरेष्टसहित नेपाल ट्रष्टको जमीन यती ग्रुपलाई दिएपछि विरोध हुँदै आएको छ ।
नेपाल तरुण दल काठमाडौंका जिल्ला सदस्य विजय लामाले आफू निकटका व्यापारी र व्यक्तिलाई लाभ हुने गरेर राज्यको सम्पत्ति दुरुपयोग गर्न नपाइने बताए । उनले नेपाल ट्रष्टको सम्पत्ति बचाउन तरुणहरू उठ्नुपर्ने बताएका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया