तरुणको दवावपछि अबैध उत्खनन् गर्ने टिपरहरू दाङमा पक्राउ
सुरेश श्रेष्ठ
तुलसीपुर । दाङ जिल्लामा अवैध रूपमा ढुङ्गा उत्खनन् गरी ओसार पसार गर्ने ५ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री क्षेत्रको ढुङ्गा निकासी गर्दै गरेका टिपरहरूलाई नियन्त्रणमा लिएको हो ।
टिपरलाई राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडकखण्डको गोठीखोलाबाट नियन्त्रणमा लिइको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी हरिहरनाथ योगीले जानकारी दिए ।
‘स्थानीय तहलाई कर नतिरी ढुङ्गा ओसारीरहेका टिपर समातेका छौं’, प्रहरी प्रमुख योगीले भने, ‘आवश्यक अनुसन्धान भइरहेको छ ।’
केही दिनदेखि तुलसीपुरको राम्री, सातबासमा अवैध उत्खनन् भइरहेको आरोप लगाउँदै नेपाल तरुण दल दाङले निगरानी बढाएको थियो ।
स्थानीय सरकारको आडमा पहाडै ध्वस्त बनाउने र खानेपानीका मुहान तथा पाइपसमेत क्षति पु¥याउने गरी भइरहेको उत्खनन् तत्काल बन्द गर्नुपर्ने तरुण दलले माग राख्दै आएको छ ।
‘अहिले हामीले गैरकानूनी कार्य बन्द गर्न माग गरिरहेका छौं’, तरुण दल दाङका जिल्ला अध्यक्ष टीका घर्तीले भने, ‘सुनुवाइ भएन भने कडा आन्दोलनमा जान्छौँ । निर्णय, विधि, प्रक्रिया मिचेर सत्ताको आडमा पहाड उत्खनन् गर्न दिँदैनौँ ।
तरुण दल दाङकै सक्रियतामा टिपरहरू नियन्त्रणमा लिइएको अध्यक्ष घर्तीको भनाइ छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया