सहमतिबाटै कांग्रेसको निर्णय आएको छः डा. महत
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयका बारेमा कसैलेपनि असहमति राख्नुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार डा.महतले पार्टी सभापति शेरबहादुर देउवाले सबैसँगको छलफल र सहमतिपछि नै महाधिवेशनको मिति तोकेको दाबी गरे ।
‘हिजो बसेको केन्द्रिय कार्यसमिति बैठकमा उपस्थिति सदस्यहरूले सर्वसम्मत ०७७ फागुन ७ गतेदेखि फागु १० गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो’, उनले भने, ‘यो समग्र पार्टीको चाहना हो ।’
उनले सोहीअनुसार वडादेखि सम्पूर्ण तहसम्मको अधिवेशन कार्यतालिकापनि सार्वजनिक गरिएको बताए ।
विभागको संख्या थप्नेपनि निर्णय गरेको र बढीभन्दा बढी साथीहरूलाई जिम्मेवारी दिने उद्देश्य राखेको पनि डा.महतले बताए ।
‘यसमा पनि कसैको असहमति हुनुपर्ने कुनै कारण म देख्दिन् । बरु हिजोको बैठकमा नेविसंघलाई पूर्णता दिनेबारे निर्णय गर्न सकिएन्’, उनले भने, ‘यसबारेमा केही असहमति बाँकी भएकाले हिजो नेविसंघबारे निर्णय नभएको हो ।’
केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेका निर्णयका बारेमा असहमति गर्ने विषय केही पनि नभएको डा.महतले दाबी गरेका छन् ।
‘तरुण दलको ६ महिना म्याद थप गर्ने निर्णय उहाँहरूको पनि हो’, उनले भने, ‘विषयलाई ठूलो बनाउनुहुँदैन । उहाँहरू बैठकमा नआउनुको कारण केही पनि थिएन् । आफू बैठकमा नआउने अनि पार्टीले गरेको निर्णय मान्दिन भन्नुहुँदैन् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया