यी हुन् कांग्रेसले थपेका नयाँ विभागहरू

काठमाडौं । नेपाली कांग्रेसले २८ वटा विभागहरूको संख्या थप गरेर ४७ वटा पु¥याएको छ ।

नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपा, ललितपुरमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभागहरूको संख्या बढाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेपाली कांग्रेसमा अब संगठन विभाग, सूचना सञ्चार तथा प्रचार विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, राज्य प्रशासन विभाग, स्थानीय तह समन्वय विभाग, अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग, संघीय मामिला तथा प्रदेश समन्वय विभाग, संसदीय मामिला विभाग, संवैधानिक तथा कानून विभाग, पर्यटन विभाग र महिला विभाग रहनेछन् ।

तरुण विभाग, विद्यार्थी विभाग, पेशागत तथा बुद्धिजीवी विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग, उद्योग तथा व्यापार विभाग, निर्माण यातायात तथा व्यवसाय समन्वय विभाग, कृषि तथा किसान विभाग, आदिवासी जनजाती विभाग र खेलकुद विभाग नेपाली कांग्रेसमा रहनेछन् ।

प्राकृतिक श्रोत विभाग, साहित्य, कला तथा संस्कृति विभाग, नेपाली जनसम्पर्क समिति समन्वय विभाग, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग, दलित विभाग, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग, मुस्लिम विभाग, वन तथा वातावरण विभाग रहनेछन् ।

तराई मधेश विभाग, वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, पिछडिएको क्षेत्र समन्वय विभाग, विज्ञान तथा सूचना प्रविधि विभाग, भू.पू. सैनिक विभाग, जिल्ला सम्पर्क समिति समन्वय विभाग, अन्य पार्टी सम्पर्क विभाग, आर्थिक नीति तथा योजना विभाग, शुभेच्छुक संस्था समन्वय विभाग, अन्य भ्रातृ संघ समन्वय विभाग, थारु विभाग, आपूर्ति तथा उपभोक्ता विभाग, श्रम विभाग, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास एवं मुक्त कमैया समन्वय विभाग, गैर आवासीय नेपाली समन्वय विभाग र पूर्व राष्ट्रसेवक समन्वय विभाग रहेका छन् ।

नेपाली कांग्रेसद्वारा गठन गरिएका यी विभागहरूका प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरूको नियुक्ति विधान बमोजिम यथाशीघ्र गरिने विज्ञप्तिमा उल्लेख छ ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा टेकेर नयाँ विधानहरू थप गरेका हुन् । यसअघि नेपाली कांग्रेसका २८ वटा मात्रै विभाग थिए । अब विभागको संख्या ४७ पुगेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभागहरूको संख्या बढाएकोमा विरोध गर्दै आएको छ । पौडेल समूह विभाग थप नगर्ने पक्षमा थियो ।

शुक्रबार बसेको कन्द्रीय कार्यसमितिलाई पौडेल समूहले भागबण्डा खोजेर बहिस्कार गरेको छ । देउवाले भाग दिने भनेपनि पौडेल समूह शुक्रबारको बैठकमा सहभागी नभइ नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा अलग बैठक राखेको थियो ।

Published : Friday, 2019 December 27, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया