सरुवा काण्डमा प्रचण्ड–रेणुको बदनाम गर्दै एसपी मल्ल, दिक्क भयो खुमलटार
काठमाडौं । प्रहरी प्रधान कार्यालयले पुस ४ गते २४ जना एसपीहरूको सरुवा गरेकोमा चितवनका एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको थियो ।
चितवनमा एसपी गंगा पन्तलाई पठाइएको थियो । तर, पन्तको सरुवा रद्द भएको हल्ला चलाइएको छ । प्रचण्डका पूर्वबडीगार्ड दानबहादुर मल्लकै थमौती भएको समाचार अहिले अनलाइनहरूमा छाएका छन् ।
प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले गरेको सरुवा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा बदर गरिएको कुरा बाहिर आएसँगै एसपी मल्लले रमाना पत्र नै नबुझी चितवन प्रहरी कार्यालय कब्जा गरेर बसेको एकजना उच्च प्रहरी अधिकारीले बताएका छन् ।
एसपी पन्त पनि मल्लको गुण्डागर्दी शैलीसँग जोरी नखेल्ने रणनीतिमा रहेको स्रोतले जनाएको छ ।
सबैभन्दा अचम्म त के छ भने प्रचण्डले थमौती गरिदिएको हल्ला चलाएर एसपी मल्लले प्रचण्डकै बदनाम गरेर पदमा टासिएर बसेका छन् ।
आइजीपी खनालले अवकाश हुने बेलामा आफ्ना निकट एसपीलाई एकाध जिल्लामा सरुवा गर्नु सामान्य हो । त्यही अनुसार एसपी पन्तको सरुवा भएको थियो ।
एसपी मल्ल चितवनमा अवैध असुलीको कारण बदनाम छन् । उनले असुलीका लागि बिचौलिया विजय विकलाई नै परिचालन गरेको आरोप लाग्दै आएको छ ।
एसपी मल्लले चितवनका प्रहरी चौकीमा दररेट अनुसार रकम तोकेर जुनियर अधिकृत खटाउने गरेको स्रोतको भनाइ छ ।
एसपी मल्लले चोरी गाडी गिरोहलाई संरक्षण गरेर असुली धन्दा नै चलाएका छन् । दररेट अनुसार रकम नदिने चौकी इञ्चार्जलाई एसपी मल्लले एक महिनामै फेरबदल गर्दैआएको गुनासो जुनियर प्रहरी अधिकृत र जवानहरूको आरोप छ ।
अवकाश अवधि चाँडै भएकाले उनी जतिसक्दो कमाउने धुनमा लागेको जुनियर प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रालयमा पनि उनका असुलीका बिरुद्ध उजुरी र गुनासा पुगेपछि उनको सरुवा भएको थियो । एसपी मल्लविरुद्ध दैनिक सरह मौखिक उजुरी पर्ने गरेको उच्च स्रोतले जनाएको छ ।
सात महिनामै सरुवा गरेर आइजीपी खनालले अपमान गरेको भनेपछि प्रचण्डकी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाले एसपी मल्लको सरुवा रोकिदिएको भन्दै मल्ल आफैले हल्ला गर्दै हिंडेको स्रोतले जनाएको छ ।
प्रचण्ड र रेणले भने मल्लको विषयमा आईजीपी खनालदेखि गृह मन्त्रालयसम्म कसैलाई पनि कुनै दबाब नदिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
आफ्नो नाममा असुली धन्दा चलाउँदै आएका एसपी मल्ललाई हटाउन प्रचण्ड र रेणु नै लागेको नेकपा चितवनका एक नेताले बताएका छन् ।
एसपी मल्ल अब दुई महिना आफूलाई कसैले केही गर्न नसक्ने भन्न थालिसकेका छन् । चितवन सरुवा भएकी व्यावसायिक प्रहरी अधिकारी एसपी पन्तले कुनै बेला प्रचण्डका बारेमा लेखेको एक कमेन्टलाई लिएर पनि उनलाई विवादमा ल्याउन एसपी मल्लले नै हल्ला चलाएका थिए ।
भ्रष्टाचार विरोधी अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीदेखि रवि लामिछाने प्रकरणमा एसपी मल्लका कारण आफू र पार्टीको नै बदनाम भएको भन्दै स्वयं प्रचण्डले एसपी मल्ललाई चितवनबाट हटाउन आईजीपी खनाल र गृह मन्त्रालयलाई ग्रिन सिग्नल दिएकपछि मल्लको सरुवा गरिएको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया