देउवा सहमतिका लागि लचक, अडानमा पौडेल समूह
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास अझै सफल हुन सकेको छैन ।
आन्तरिक विवाद समाधान गर्ने प्रयास विफल भएपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ ।
सहमतिका लागि बिहीबार साँझ पार्टी उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि संस्थापन पक्ष शुक्रबार केन्द्रीय समितिको बैठक सञ्चालन गर्ने तयारीमा छ ।
सहमतिका लागि केन्द्रीय समिति बैठक स्थगित गर्दै आएको संस्थापन पक्ष शुक्रबार बिहानसम्म सहमति जुट्न नसके असन्तुष्ट पक्षलाई नकुर्ने रणनीतिमा पुगेको हो ।
सहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउने अधिकार सभापति शेरबहादुर देउवा, उपसभापति निधिलाई नभएको एक नेताले बताएका छन् ।
असन्तुष्ट समूह पनि सहमति नभएसम्म बैठकमा सहभागी नहुने अडानमा छ ।
संस्थापन पक्षले संघको कार्यसमितिमा असन्तुष्ट समूहलाई ३५ प्रतिशत भाग दिने प्रस्ताव गरेको छ ।
असन्तुष्ट समूहले ४६ प्रतिशत आफ्नो उपस्थिति रहेको जनाउँदै कम्तीमा ४० प्रतिशत भाग चाहिने अडान राखेको छ ।
असन्तुष्ट समूहले बाँकी ६० प्रतिशतमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितलाई समेट्नुपर्ने भने पनि संस्थापन समूहले तरुण दलमा जस्तै नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षलाई ३५ र सिटौलाई १५ प्रतिशत भाग दिन सकिने प्रस्ताव गरेको स्रोतको दाबी छ ।
नेता पौडेलसहित असन्तुष्ट पक्षले मंसिर २९ गते केन्द्रीय समिति बहिष्कार गरेपछि संस्थापन पक्षले पुस १० गतेसम्मका लागि बैठक स्थगित गरेको थियो । स्थगित बैठक शुक्रबार बोलाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया