कांग्रेसका केन्द्रीय सदस्यहरूलाई राहत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ११ पुसमा बस्ने भएको छ ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि १० पुस गतेका लागि बोलाइएको बैठक एक दिनपछि तय गरिएको हो ।
२६ मंसिरदेखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक ११ पुसमा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका कारण प्रभावित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक बस्ने कि नबस्ने भनेर अन्यौल भइरहेका बेला स्थिगित भएको छ । केन्द्रीय सदस्यहरूका बीच अन्यौल भइरहेका बेला बैठक स्थगित भएर राहत भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया