कम्युनिस्टसँग मिलेर भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई कांग्रेसले पार्टीबाटै निकाल्यो
बागलुङ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको कम्युनिस्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेका बेला नेपाली कांग्रेस बागलुङले कम्युनिस्टहरूसँग मिलेर भ्रष्टाचार गर्ने आफ्नै निर्वाचित वडा सदस्यलाई कारबाही गरेको छ ।
नेपाली कांग्रेसले वडा नम्बर ८ का आफ्नै वडा सदस्य कर्णबहादुर पुनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको हो ।
नेपाली कांग्रेसले पुनलाई कम्युनिस्टहरू जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष रघुनाथ पौडेल र नेकपाका वडा सचिव टेकबहादुर रायमाझीसँग अप्राकृतिक साँठगाँठ गरीनेपाली कांग्रेसको नीति विपरित भ्रष्टाचार गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरेर निस्कासित गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बाग्लुङमा जमिनी नगरपालिका वडा नम्बर ८, छिस्तीमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य एवम् नेपाली कांग्रेस वडा समिति ८ छिस्तीका उपसभापति कर्णबहादुर पुनले भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको भन्दै नेपाली कांग्रेस बागलुङले कारबाहीको माग गरेको हो ।
‘वडा एवम् राज्यबाट विनियोजित विभिन्न शीर्षकको रकम डोजर सञ्चालन कम्युनिस्ट पार्टीका व्यक्तिहरूसँग मिलेमतो गरी उपभोक्ता समितिलाई कुटपिट गर्ने, उपभोक्तासँग कमिशन माग्ने, वडा कार्यालय बन्द गर्ने जस्ता अनैतिक क्रियाकलाप र नेपाली कांग्रेस पार्टीको हित विपरित पार्टीलाई आँच पुर्याउने आलका गलत क्रियाकलाप गरेको हुँदा नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिन्छ’, नेपाली कांग्रेस कार्यसमिति जमिनी नगरपालिका ८ छिस्तीका सभापति दयाराम शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडा कार्वाही सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ ।’
नेपाली कांग्रेसका निर्वाचित वडा सदस्य पुनले पार्टीको नीति विपरितको काम गरेपछि कारबाही गरेर भ्रष्टहरूलाई सबक सिकाएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया