कांग्रेसका खाँणले दिए पोखरेल–महरालाई तनाव, प्रदेश ५ का कम्युनिस्टभित्र हँगामा
बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अविलम्ब प्रदेशसभालाई प्रदेशको स्थायी राजधानी बुटवल तोक्न आग्रह गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघको २०औं संस्करण अन्तर्गतको औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रमुख सचेतक खाँणले राजनीतिक, सांस्कृित र पर्यटकीय हिसाबले बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त भएको बताए ।
नेपाली कांग्रेस नेतृत्वको सरकरले अस्थायी राजधानी बुटवल तोकेको बताएका उनले भने, ‘कांग्रेसले प्रदेश ५ को अस्थायी राजधानी बुटवल बनाएको थियो । बुटवललाई नै स्थायी राजधानी बनाउन कांग्रेसको माग छ ।’
‘प्रदेश ५ को राजधानी बुटवल तोकिएकोमा कतिपयको चित्त बुझेको छैन’, उनले भने, ‘यातायातको सुगम केन्द्र बुटवल, भैरहवा नै हो ।’
खाँणले भने, ‘बुटवलबाट राजधानी सार्ने प्रयत्न भए, त्यसलाई थेग्न सक्नुहुन्न । आन्दोलन हुन्छ ।’
भारतसंगको सहजता, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै प्रदेश ५ को राजधानीका लागि उपयुक्त भएको उनले बताएका छन् ।
विश्वमा कुनै पनि राजधानी मध्यभागमै नभएको बताउँदै खाँणले राजधानी सार्ने प्रपञ्च नगर्न कम्युनिस्टहरूलाई चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसको सरकारले अस्थायी राजधानी बुटवललाई तोकेको र यसैलाई स्थायी बनाउने अधिकार प्रदेशसभालाई भएको भन्दै उनले प्रदेश ५ को राजधानी र नामाकरण अविलम्ब तोक्न आग्रह गरेका छन् ।
उनले भने, ‘प्रदेश १, प्रदेश ६ र ७ को पनि मध्यभागमा छैन । प्रदेश ५ को राजधानी पनि मध्याभागमा हुनुपर्छ भन्ने छैन ।’
पुस २३ गतेसम्म सञ्चालन हुने औद्योगिक व्यापार मेलाको उद्घाटन रक्षामन्त्री ईश्वर पोेखरेलले गर्ने भनिए पनि मौसमका कारण पोखरेल आउन नसकेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले गरेका हुन् । मेलामा ५ सय बढी स्टल राखिएको छ ।
तत्कालीन एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका कृष्णबहादुर महराले प्रदेश ५ को राजधानी दाङ बनाउने भनेर निर्वाचित जितेर आएका थिए ।
पोखरेल प्रदेश ५ को मुख्यमन्त्री बनेका छन् । महरा सभामुख बनेका थिए । महरा युवती काण्डमा डिल्लीबजार काराकागरमा थुनामा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया