गगनले भावुक हुँदै देशभरिका युवालाई सम्झिए, अधिनायकवादी कम्युनिस्टभित्र हँगामा

दमौली । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन देशभरिका युवाले संघर्ष गर्नुपर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघ ईकाइ समितिले मंगलबार आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक ईञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने बताए । उनले भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए ।

‘सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ’, नेपाली कांग्रेसका युवा नेता थापाले भने, ‘हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि संघर्ष गर्छ ।’

नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले बताए । ‘नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ’, थापाले भनेका छन् ।

नेपाली कांग्रेसका युवा नेता थापाको यो अभिव्यक्ति र आह्वानले निरंकशत अधिनायकवादी कम्युनिस्टहरूलाई तनाब बढाइदिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अगाडि बढ्नुपर्ने बताए ।

नेविसंघका ईकाइ सभापति सुदर्शन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष चूडामणि खनाल, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सिनालगायतले विद्यार्थीको हकहितको लागि नेपाल विद्यार्थी संघ सधै क्रियाशील रहने बताए ।

यसअघि, युवा नेता थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताएका थिए ।

नेपाल प्रेस युनियन तनहुँ शाखाले मंगलबार नै दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको सीमा विवाद विषय कूटनीतिक तवरले सुल्झाउन सरकारसँग आग्रह गरेका छन् ।

नेता थापाले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताए ।

उनले जनताको हितमा नरहेका विधेयकहरू रोक्न जनताको साथ आवश्यक भएको उल्लेख गरेका छन् ।

‘अधिकार खोस्नेगरी ल्याउन लागिएको विधेयक रोक्नका लागि जनताको साथ र सहयोग आवश्यक पर्छ’, युवा नेता थापाले आग्रह गरे ।

Published : Wednesday, 2019 December 25, 10:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया