पौडेल समूहको गोप्य भेला, देउवालाई असहयोग गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई अझै पनि असहयोग गर्ने निर्णय गरेको छ ।
महामन्त्री डा.शशाक कोइरालाको निवास महाराजगञ्जमा सोमबार बसेको पौडेल समूहका नेताहरूको गोप्य बैठकले ६०–४० चालीसको भागबण्डा नपाउँदासम्म कुनै पनि हालतमा सहमति नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
पौडेल समूहले भागबण्डा हुने क्रममा सम्मानजनक उपस्थितिको प्रस्ताव गरेको छ । पौडेल समूहको बैठकमा नेता कृष्णप्रसाद सिटौला निकटका केन्द्रीय सदस्यहरूको पनि सहभागिता रहेको थियो ।
पौडेल समूहले केन्द्रीय विभागहरूको संख्या बढाउन नदिने बढाउनै परे प्याकेजमा भागबण्डा गरेर मात्रै अगाडि जाने निर्णय गरेको छ ।
पौडेल समूहले सभापति देउवालाई असहयोग गर्न केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ ।
सभापति देउवाले १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न आफू तयार रहेको बताउँदै आएका छन् । तर, पौडेल समूहले ६०–४० को भागबण्डा माग गरेर बखेडा गर्दै आएको आरोप छ ।
पौडेल समूहले भने निर्वाचन समितिले पनि तीन महिना समय राखेर कार्यतालिका बनाउन आग्रह गरेको भन्दै त्यसअनुसार नै कार्यतालिका बनाउन माग गरेको छ ।
बैठकले क्रियाशील सदस्यता छानविनका लागि समिति बनाउनुपर्नेमा समेत जोड दिएको छ ।
समग्र विषयमा सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा नजाने निर्णय पनि भेलाले गरेको छ । कांग्रेस बैठक १० पुसमा बोलाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया