देउवा निवास पुगे भारतीय राजदूत पुरी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सोमबार देउवाले पुरीलाई बिदाइ गरेका हुन् । पुरीको विदाइ कार्यक्रममा सभापति देउवाले पार्टीका शीर्ष नेताहरू समेतलाई बोलाएका थिए ।
विदाइ कार्यक्रममा सभापति देउवासहितका नेपाली कांग्रेसका नेताहरूले पुरीलाई नेपाल–भारतबीचको सम्बन्धमा तिक्तता आउने काम कसैबाट हुन नहुने बताएका थिए ।
केही समस्या भएमा कुटनीतिक पहिलबाट समाधान गर्न नेपाली कांग्रेसका नेताहरूले पुरीलाई सुझाव दिएको एक नेताले बताए ।
भारतीय राजदूत पुरी आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् ।
Published : Monday, 2019 December 23, 8:54 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया