रिहा भए नेविसंघका नेताहरू, छाड्न बाध्य भयो कम्युनिस्ट सरकार र प्रहरी
काठमाडौं । पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) दुई जना नेताहरूलाई प्रहरीले रिहाइ गरेको छ ।
काठमाडौंको सुकेधारामा बसको ठक्करबाट सोमबार बिहान पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत सृष्टि पन्तको ज्यान गएपछि भएको प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका पूर्व केन्द्रीय सदस्य चेतन थापा मगर र राजेश श्रेष्ठलाई पक्राउ गरेको थियो ।
भक्तपुर रुटमा चल्ने बसको ठक्करबाट गम्भीर घाइते भएकी सृष्टि पन्तलाई उपचारका लागि ओम अस्पतालमा लगिएको थियो । सृष्टिको उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यसपछि आक्रोशित विद्यार्थीले चाबहिल मित्रपार्कको सडकमा पशुपति बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गर्नुका साथै यात्रुबहाक बसमा आगजनी गरेर क्षति पुर्याइदिएका थिए ।
बसमा आजगनी र प्रदर्शन गरेको भन्दै प्रहरीले नेविसंघको दुई नेतालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा हिरासतमा राखेको थियो ।
पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहाइ गर्न माग गर्दै नेविसंघका नेताहरूले प्रहरीलाई आग्रह गरेका थिए । नेविसंघको आग्रहपछि पक्राउ परेका दुई जना नेताहरूलाई सोमबार साँझ रिहाइ गरेको नेविसंघका नेता यूपी लामिछानेले जनाएका छन् ।
नेविसंघका नेता लामिछानेले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सडक र यातायात सुरक्षामा ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले दिनदिनै गम्भीर सडक दुर्घटनाहरू भएको भन्दै विशेष सडक सुरक्षा योजना लागू गर्न र यात्रुको सुरक्षामा ध्यान दिन सुझाव दिए ।
नेविसंघका नेताहरूले सृष्टि पन्तलाई ठक्कर दिने बसका चालकलाई हदैसम्मको कारबाही माग गरेका छन् । उनीहरूले सृष्टि पन्तका परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।
नेविसंघ काठमाडौंका अध्यक्ष मनोज बैद्यले दोषीलाई कारबाही र मृत्तकका परिवारलाई उचित क्षतिपूर्ति नदिए आन्दोलन चर्काउने चेतावनी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया