पाैडेल समूहले बाेलायाे कांग्रेस जिल्ला सभापतिहरूको भेला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरूको भेला बोलाएको छ ।
पौडेल समूहका १७ जिल्ला सभापतिहरूको काठमाडौंमा आइतबार बसेको गोप्य बैठकले माघ महिनामा सभापतिहरूको भेला गर्ने निर्णय गरेको हो ।
१४औँ महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबण्डालाई लिएर पार्टीभित्र पौडेल सामूहले बखेडा निकालेर केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरिरहेका बेला जिल्ला सभापतिहरूको भेला माघमा गर्ने निर्णय भएको छ ।
नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्यले जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय भएको बताएका छन् ।
पार्टीलाई विधि र विधानसम्मत रूपमा अघि बढाउन नेताहरूलाई दबाब दिन भेला आयोजना गर्न लागिएको जनाइ छ । पाैडेल समूहका सभापतिहरूकाे भेलामा नेता कृष्णप्रसाद सिटाैला समूहका सभापतिहरूकाे पनि उपस्थिति थियाे ।
आइतबारको बैठकमा सहभागी काभ्रे, नुवाकोट, रामेछाप, संखुवासभा, जाजरकोट, बाँके, डडेलधुरा, सिन्धुपाल्चोक, खोटाङ, रोल्पा, उदयपुरलगायत १७ जिल्लाका सभापतिहरूले भागबण्डा दिने र माग्ने काम बन्द गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई अपील गरेका छन् ।
‘पार्टीभित्र भाग खोज्न हुन्न, दिन पनि हुन्न’, काभ्रे कांग्रेसका सभापति आचार्यले भने, ‘योग्य र क्षमताका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो ।’
सभापति शेरबहादुर देउवाले विधानअनुसार विभाग गठन गर्न नसक्ने निष्कर्ष उनीहरूको छ । देउवाले गत मंसिर २६ को केन्द्रीय कार्यसमिति बैठकमा विधानको संख्या थपेर गठन गर्ने एजेन्डा प्रस्तुत गरेका छन् ।
आवश्यक देखिएमा विधानको संख्या केन्द्रीय कार्यसमितिको बहुमतबाट बढाउन सकिने भएपनि विभाग गठन विधानविपरीत हुन्छ ।
एक वर्षअघि महासमिति बैठकले संशोधन गरेको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने व्यवस्था छ ।
सभापति देउवाले केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिने बेलामा विभाग गठनको एजेण्डा अघि सारेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया