‘सीतामाता’को हातमा पौने दुई लाखको मोबाइल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल (सीतामाता) करीव १ लाख ७२ हजार १ सय ५९ रुपियाँ पर्ने ‘आईफोन प्रोम्याक्स’का साथ देखिएकी छिन् ।

भारतीय योग गुरु रामदेवको आश्रममा उपचार गराउन भनेर गएकी सीतामाताले हातमा ‘आईफोन प्रोम्याक्स’ बोकेकी छिन् ।

सीतामाताकी कान्छी छोरी गंगा दाहाल, रामदेव बाबा र सीतामाताबीच लिइएको तस्वीरमा सीतामाताले हातमा महँगो मोबाइल फोन ‘आईफोन प्रोम्याक्स’ लिएकी छिन् । अमेरिकामा बन्ने यो मोबाइल नयाँ भर्सनको रहेको स्रोतले जनाएको छ ।

गरिवहरूको सर्वहारा पार्टी भनेर १२ वर्ष जंगलमा सशस्त्र युद्ध गरेको माओवादी पार्टीका नेताहरूको बिलासी जीवनलाई लिएर आलोचना हुने गरेको छ ।

विशेष गरेर प्रचण्डको परिवारको विलासी जीवनका विषयमा धेरै टिकाटिप्पणी हुने गरेका छन् ।

सामाजिक सञ्जालमा सीतामाताको हातमा देखिएको ‘आईफोन प्रोम्याक्स’लाई लिएर विभिन्न खालका आलोचना र टिप्पणी भएका छन् ।

सीतामाताको हातमा देखिएको ‘आईफोन प्रोम्याक्स’का विषयमा सामाजिक सञ्जालमा लेखिएको छ, ‘तेती महँगो मोबाईल त पहिलेका राजारानीले पनि बोकेका थिएनन् होला । याद गरौँ । एउटा मोबाईल त यति महँगो, त्यो पनि श्रीमतीले बोकेकी छिन् । अरुको के कुरा ?’

Published : Sunday, 2019 December 22, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया