मकाउका नेपालीको समस्या समाधान गर्न कांग्रेसको माग, मन्त्री सकारात्मक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मकाउमा रहेका नेपालीहरूलाई हङकङको ट्रन्जिट भिषा उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेका छन् ।
आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्तामा प्रमुख सचेतक खाँणले मकाउमा वर्क परिमिट लिएर बसेका नेपालीहरूलाई काठमाडौं आउन समस्या रहेको भन्दै हङकङमा ट्रान्जिट भिषाको माग गरेका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणको आग्रहपछि परराष्ट्रमन्त्री ज्ञवालीले सो विषयमा आफू सरकारात्मक रहेको र समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिए ।
‘चार हजारभन्दा बढी नेपाली युवाहरू वर्क परिमिट प्राप्त गरी मकाउमा रोजगारीमा कार्यरत रहेका छन्’, ज्ञापन पत्रमा भनिएको छ, ‘काठमाडौं–मकाउ–काठमाडौं आवत जावतका लागि सोझै हवाई उडान नभएको कारणले नेपालीहरूलाई नेपाल–मकाउ आवजत जावत कठिनाइ भइरहेको छ ।’
‘काठमाडौं–मकाउ सबैभन्दा पायक पर्ने र सहज रुटको रुपमा रहेको छ । हाल मकाउ–काठमाडौं र काठमाडौं–मकाउ यात्राका लागि नेपालीहरूलाई हङकङमा ट्रन्जिट भिषाको व्यवस्था नभएकोले मकाउमा वर्क परिमिट पाएर त्यहाँ रोजगारीमा रहेका नेपाली युवालाई काठमाडौं आउन जान असुविधा भइरहकाले उनीहरू मकाउबाट काठमाडौं आउँदा र जाँदा हङकङको ट्रन्जिट भिषा उपलब्ध गराउन हुन व्यवस्थाका लागि अनुरोध छ’, ज्ञापन पत्रमा उल्लेख छ ।
परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणका साथै मकाउको चेम्बर अफ कमर्शका अध्यक्ष सुदर्शन थापा, नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिना, नेपाल तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ लगायतका नेताहरू परराष्ट्रमन्त्रालय पुगेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया