म एक्लै केही होइन, मेरो अस्तित्व कार्यकर्ता हुन्ः कांग्रेस नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले आफ्ना नेता तथा कार्यकर्ताहरूको पार्टीमा सम्मानजनक स्थान दिनुपर्ने माग गरेका छन् ।
युवा नेता शाहले शनिबार प्रेस नोट जारी गरेर पार्टी प्रवेशका क्रममा भएको सहमतिअनुसार नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसमा उचित स्थान दिनुपर्ने माग गरेका हुन् ।
युवा नेता शाह तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी नेपाललाई परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरूसहित नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस प्रवश गर्ने बेला सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले पार्टीमा नेता शाह र उनका नेता तथा कार्यकर्ताहरूलाई उचित स्थान दिने प्रतिवद्धता जनाएका थिए ।
पछिल्लो समय नेता शाहसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ता कपिलवस्तु जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सौताको व्यवहार गरेर स्थान दिन छाडेपछि नेता शाह रिसाएका हुन् ।
‘मसंग नेपाली कांग्रेस पार्टी प्रवेश गरेका नेता तथा कर्ताहरूको उच्च सम्मानका साथ पार्टीमा उचित स्थान दिइएन भने पार्टीको कुनै पनि कार्यक्रममा सभागी नहुने घोषणा गर्दछु’, नेपाली कांग्रेसका युवा नेता शाहले चेतावनी शैलीमा भनेका छन् ।
‘मेरो कार्यकर्ता मेरो बल हो । मेरो अस्तित्व उनीहरू कै कारण भएको हो’, उनले भनेका छन्, ‘पार्टी नेतृत्व पंक्तिले यो कुरालाई ध्यान राखोस ।’
उनले भनेका छन्, ‘चुनावको बेलामा अन्तरघातीहरूलाई कडाभन्दा कडा कार्यवाहीको जोरदार माग दोहो¥यउन चाहन्छु ।’
नेपाली कांग्रेसका युवा नेता शाहले कपिलवस्तु जिल्लामा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पौडेल समूहका जिल्ला नेताहरूले असहयोग गरिरहेको बताएका छन् ।
यस विषयमा पार्टी सभापति शेरबहादुर देउवासहितका दोस्रो तहका नेताहरूसँग पनि शाहले कुरा गरेका छन् । सभापति देउवासँग सकारात्मक आश्वासन पाएपनि जिल्लामा पौडेल समूहबाट असहयोग भएको उनको भनाइ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया