ब्ल्याकलेबल खाएर भीआईपीहरूबीच मध्यराति ललितपुरमा मारमुङ्ग्री
काठमाडौं । कारोबार दैनिकको १०औँ वार्षिक उत्सवमा रक्सी पिएर मात्तिएका भीआईपीहरूका बीच कुटाकुट भएको छ ।
शुक्रबार राति ललितपुरको शंखमूल पार्क नजिकै रहेको यला दरबार भेन्युमा आयोजित ककटेलसहित रात्रिभोज ब्ल्याक लेबल नामक महँगो रक्सी पिएर मात्तिएका भीआईपीहरूका बीच कुटाकुट भएको हो ।
कुट्ने र कुटिनेमा दुईतिहाइको कम्युनिस्ट सरकार निकटका एकजना वरिष्ठ पत्रकार रहेको स्रोतले जनाएको छ । ‘पूर्वएमाले निकटको प्रेस चौतारिका पूर्वअध्यक्षलाई मन्त्रालयका एक जना उपसचिवले मरणासन्न हुने गरेर कुटेका छन्’, प्रत्यक्षदर्शी स्रोतले भन्यो, ‘रक्सी पिएर मात्तिएका पत्रकार र उपसचिवबीच भक्कुरा भक्कुर भएको थियो ।’
कुटपिटमा कम्युनिस्ट सरकारका भीआईपी कर्मचारी र वरिष्ठ पत्रकार संलग्न रहेपछि देख्नेहरूले मुखामुख गरेका थिए ।
ब्ल्याक लेबल रक्सी पिएर मात्तिएका उपसचिवले उत्पात मच्चाउन थालेपछि कारोबार दैनिकको रक्सी पार्टीमा खैलाबैला मच्चिएको थियो ।
अर्का एकजना स्रोतका अनुसार उपसचिव र एक जना युवकबीच झएको भक्कुरा भक्कुर झुट्याउन जाँदा नेकपा निकटका वरिष्ठ पत्रकारले मुक्का खाएका थिए । कारोबार दैनिकले भीआईपी कर्मचारी र पत्रकारबीचको कुटाकुटलाई लुकाउन खोजेको छ ।
एनआरएनएको लगानी रहेको कारोबार दैनिक बजारमा पाइन छाडेको छ । तर, लाखौँ रकम खर्च गरेर कारोबार दैनिकले भीआईपी र भीभीआईपीहरूलाई ब्ल्याक लेबलसहितको रक्सी खुवाएको छ ।
कारोबार दैनिकको व्यवस्थापनले रक्सीसहितको पार्टी खान भीभीआईपी, भीआईपी, व्यापारी, कर्मचारी, राजनीतिक दलका ठूला नेता, सांसद, पूर्वसांसद, पत्रकार, सुरक्षाकर्मीका ठूला हाकिमलगायतलाई बोलाइएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया