कम्युनिस्ट सरकारले सरकारी जमीन र जंगल बेचेपछि खतिवडाले दिए ओलीलाई बधाई
काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारले आफ्नो सत्ता र शक्तिको दुरुपयोग गरेर सरकारी जमीन र जंगल नजिकका व्यक्ति र विचौलियाहरूलाई दिएपछि नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले विरोध जनाएका छन् ।
नेपाली कांग्रेसका नेता खतिवडाले बिहीबार राति सवा ९ बजे ट्वीट गर्दै राजा वीरेन्द्र शाहको सम्पत्ति आफू निकटका व्यापारीलाई दिएको भन्दै कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना गरेका हुन् ।
उनले सरकारी सम्पत्ति दुरुपयोग गरेकोमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली र बिचौलियाहरूलाई ब्याङ्ग्य गर्दै बधाई पनि दिएका छन् ।
‘हिजोका राजाको सम्पत्ति आफ्नोमा ल्याउन लाग्ने सरकार प्रमुख र सरकारका बिचौलियालाई बधाई’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘किनकि यस्तो नाङ्गोनाच न हिजो पञ्चायतमा राजाको पालामा थियो । नभोलि होला ।’
‘मुख छोपेर लाज देखाउने यो सरकार भ्रष्टाचार बिरोधी रे ?’, प्रश्न गर्दै खतिवडाले भनेका छन्, ‘बाच्नुपर्छ सबै देख्न पाइन्छ । हरे ! ओलीजी लाज बचाउने काम गर्नु होस् ।’
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राजा वीरेन्द्र शाहको गोकर्णको जंगल र दरबारमार्गको जमीन यति ग्रुपलाई सस्तो दर रेटमा दिएपछि विरोध हुँदै आएको छ ।
नेपाली कांग्रेसका युवा नेता खतिवडाले कम्युनिस्टहरूका कारण देशको सम्पत्ति नोक्सानी हुन थालेको संकेत गरेका छन् ।
कम्युनिस्ट सरकारले दरबारमार्गको राजा वीरेन्द्रको जमीनलाई यति ग्रुपलाई दिन नेपाल ट्रष्टका अध्यक्ष गृहमन्त्री रामबहादुर थापालाई हटाएर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई अध्यक्षमा नियुक्त गरी ट्रष्टको कानून संशोधन गरेर जमीन र जंगल सस्तोमा दिइएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया