भक्तपुरमा खुसी बाँड्न आए कांग्रेसका भँडेल, दिए मतदातालाई धन्यावाद

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर १ नम्बर क्षेत्रीय कार्यसमितिद्वारा हालै सम्पन्न उपनिर्वाचनमा भक्तपुर जिल्ला प्रदेश सभा १ ‘क’मा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराएका झौखेलबासीलाई धन्यवाद तथा बधाई ज्ञापन गर्न विजय र्‍यालीको आयोजना गरिएको छ ।

उपनिर्वाचनमा नेपाली कांग्रसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएकाले मतदाताहरू तथा सम्पूर्ण महानुभावहरूलाई धन्यावाद ज्ञापन गर्ने उदेश्यले आयोजित विजय र्‍यालीमा राप्रपा संयुक्तका केन्द्रीय सदस्य रविन्द्रप्रताप शाह, राप्रपा संयुक्तका जिल्ला अध्यक्ष रामशरण लामिछाने, नेपाली कांग्रेसका जिल्ला सदस्यहरू धर्मराज थापा मगर, किरण न्यौपाने, नवराज दाहाल, जिल्ला प्रतिनिधि एवं आमन्त्रित सदस्य कवीर राणा, नेपाली कांग्रेस १ नं क्षेत्रीय समितिका सभापति जीवन खत्री, वडा नम्बर २ र ५ का वडाध्यक्षहरू शिवहरि केसी, जयेन्द्र खड्का, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बानियाँ, वडा नम्बर २ र ३ का वडा सभापतिहरू राजेश शाही ठकुरी र माधवप्रसाद न्यौपाने, नेपाल तरुण दल चाँगुनारायाण नगरपालिकाका सभापति गोविन्द थापा लगायत क्षेत्रीय प्रतिनिधिहरू, झौखेलका क्रियाशील सदस्यहरू, शुभचिन्तकलगायत जनसमुदायको उल्लेख्य उपस्थिति थियो ।

बाजागाजा सहित झौखेलको लाकिलाबाट शुरु भएको विजय ¥याली कोल्पाकोट हुँदै दाहालगाँउ, गेलालगाँउ, न्यौपानेगाँउ, यापी भैरव, ठकुरी टोल, ३ नम्बर वडा कार्यालय, थापाटोल, कार्की टोल, हञ्जु टोल हुँदै नयाँबस्तीमा पुगेर समापन गरिएको थियो ।

मतदाताहरू एव जनसमुदायलाई धन्यावाद ज्ञापन गर्दै प्रदेश सभा १ ‘क’का नवनिर्वाचित प्रदेश सांसद कृष्णलाल भँडेलले निष्पक्ष रुपमा प्रदेश क्षेत्रको विकास निर्माणमा सदैव क्रियाशील भएर काम गर्ने बताए ।

उनले नेपाली कांग्रेसलाई विश्वास गरी आफ्नो अमूल्य मत दिएकोमा आभार व्यक्त गरे । उनले जनताको विश्वासलाई सदैव कायम राख्ने कुरामा आफू दृढ रहेको बताए ।

नेपाली कांग्रेस चाँगुनारायाणका नगर सभापति एवं वडा नम्बर २ का वडाध्यक्ष शिवहरि केसीले मतदातालाई धन्यवाद दिँदै आगामी दिनमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले नगरपालिकाभित्र विकास निर्माणका कार्यलाई तिव्रताका साथ अगाडि बढाउने विश्वास दिलाए ।

विजय र्‍याली र घरदैलो कार्यक्रम अन्तर्गत मंसिर २० गते शुक्रवारका दिन चाँगुनारायाण नगरपालिका वडा नम्बर ५ छालिङ्गमा वडाध्यक्ष जयेन्द्र खड्काको पिखेलस्थित घरबाट शुरु गरिने क्षेत्रीय सभापति जीवन खत्रीले जानकारी दिए ।

Published : Thursday, 2019 December 5, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया