कांग्रेसको आधारस्तम्भ तरुणहरू हुन्, महत्व झन् बढेको छः राणा
ककनी । नेपाल तरुण दलका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणाले कम्युनिस्टहरूका कारण जनताले पाएका अधिकारहरू कुण्ठित हुने अवस्थामा पुगेको बताएका छन् ।
नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ मा नेपाल तरुण दलको क्षेत्रीय कार्यसमितिले आयोजना गरेको मंसिर १८ र १९ गते दुईदिने प्रशिक्षणलाई सम्बोधन गर्दै राणाले कम्युनिस्टहरूका कारण खतरामा परको लोकतन्त्रलाई जोगाउने दायित्व युवा तरुणहरूको काँधमा आएको बताए ।
उनले नेपाली कांग्रेसको नेतृत्वमा आएको संविधानलाई कार्यान्वयन गर्नेभन्दा पनि दुईतिहाइको कम्युनिस्ट सरकारले दुरुपयोग गरिरहेको बताएका छन् ।
‘यो सरकारले संविधानको कार्यान्वयन गर्नुपर्ने हो’, उनले भने, ‘संविधानलाई गलत रुपमा ब्याख्या गरेर कम्युनिस्टहरूले नागरिकका अधिकार खोस्ने काम भएको छ ।’
पूर्वअर्थ राज्यमन्त्री समेत रहेका युवा नेता राणाले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउनेदेखि मानवअधिकारमा प्रहार गर्ने कार्यहरू भएको बताए । उनले संसदमा पेश भएका अधिंकाश विधेयकहरू संविधानको मर्म र भावनाअनुसार रहेको बताए ।
यस्तो अवस्थामा तरुणहरूको महत्व अझै बढेर आएको उनले बताए । ‘नेपाली कांग्रेसको आधारस्तम्भ भनेका तरुणहरू हुन् । तपाईहरूले नै संविधानको अधिकार रक्षा गर्ने हो’, राणाले भने, ‘कुनै पनि बेला यो दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध सडक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ । तयारी अवस्थामा बस्नुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया