उत्पात मच्चाउने नेकपाका गाउँपालिकाका अध्यक्ष, फुत्किने भयो पद
कालिकोट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई जिल्ला कमिटी सदस्यबाट निलम्बन गरेको छ ।
नेकपाले अध्यक्ष बमलाई आर्थिक अनियमिता, पार्टीको निर्देशन अस्वीकार गरेको लगायतका आरोप लगाउँदै निलम्बित गरेको हो ।
नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले अनुशासनहीन काम गरेपछि बमलाई निलम्बन गरेको बताए ।
नेकपा कालिकोटले बमको आर्थिक अनियमितता र अनुशासनहीन कार्यको छानविन गर्न छानविन समिति समेत बनाएको छ ।
छानविन समिति नेकपा कर्णाली प्रदेशका सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय रहेको छ ।
समितिको सदस्यमा नेकपाका जिल्ला सदस्यद्वय कृष्णप्रसाद आचार्य र टेकबहादुर बुढा रहेका छन् ।
अध्यक्ष बममाथि कारबाहीको माग गर्दै जिल्ला समितिका १० जनाले पार्टीमा उजुरी गरेका थिए ।
अध्यक्ष बमले आफू पार्टीबाट निलम्बनमा परेपनि जनताबाट निलम्बनमा नपरेको बताएका छन् ।
बम मुख्यमन्त्री महेन्द्रबहादुर शाही निकटका मानिन्छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया