मध्यराति ठमेलका होटल भ्याउने स्टार खेलाडीहरूलाई कारबाही
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड विमल घर्ती मगरसहित चार खेलाडीलाई कारबाही गरेको छ ।
एन्फाको कारबाहीमा पर्नेहरूमा मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशी रहेका छन् । उनीहरूलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको हो ।
चार जना खेलाडीलाई एन्फाले प्रशिक्षक योहान कालिनसँग छलफल गरेर हटाएको जनाइएको छ ।
नाइट क्लबमा नियम विपरित गएको भन्दै एन्फाले टिमबाट हटाएको एन्फाले जनाएको छ ।
उनीहरू शुक्रबार राति ठमेलका विभिन्न क्लबमा गएको एन्फा स्रोतको जानकारी दिएको छ ।
भुटान उड्नुअघि दिन उनीहरू राति २ बजेसम्म क्लबमा रहेको एन्फाका प्रवक्ता किरण राईले बताए ।
उनीहरू फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका थिए ।
एन्फाले भुटान प्रस्थान गर्ने टिमलाई शनिबार विदाई गरेको थियो । कारबाहीमा परेका चार जना खेलाडी विदाइमा उपस्थित थिएनन् ।
नेपालले आगामी मंसिर ३ मा भुटानको राजधानी थिम्पुमा कुवेतविरुद्ध खेल्दैछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया