कम्युनिस्ट सरकारले सीमा विवाद समाधान गर्न सकेनः देउवा

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुईतिहाइको कम्युनिस्ट सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए ।

सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको बताए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको उनले बताए ।

‘कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो’, उनले भने, ‘सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।’

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो ।

सभापति देउवाले भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने बताए ।

Published : Saturday, 2019 November 16, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया