अमेरिकाबाट मेरो देशकाे म्युजिक भिडियो सार्वजनिक

अमेरिका । हाल क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा रहँदै आएका १२ वर्षीय बाल गायक ओस्कार शर्मा मेरो देश नामक म्युजिक भिडियोमार्फत वजारमा प्रवेश गरेका छन् ।

म्युजिक भिडियोमा वाल गायक शर्माले प्रवासमा रहँदा आफ्नो जन्म देश नेपालको स्मरण गर्दै नेपालमा हुँने चाडबाड, साथीसंगी तथा खोलानाला, पाखा पखेराहरूले आफ्नो मन तानिरहेको र प्रबासमा रहँदा पनि नेपालीपनबाट अलग हुन नसकिने खालको भावना प्रकट गरेका छन् ।

वाल्यकाल देखिनै संगीतमा रूचि राख्ने शर्माले प्रवासमा रहेर पनि नेपाली गीत संगीत लाइ विर्सेका छैनन् ।

आलोक शर्माको संगीत र शकुन्तला पौडेलको शब्दमा रहेको उक्त म्युजिक भिडियो जिनियस डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

भिडियोमा ओस्कार शर्मा, सफल भटृराइ, बिजय शर्मा, सुरक्षा कोइराला लगायतको अभिनय रहेको छ ।

अमेरिकास्थित सान फ्रान्सिस्को सहरमा तथा नेपालका विभिन्न स्थानमा छायांकन गरिएको यस म्युजिक भिडियोको छायांकन तथा निर्देशन आलोक शर्माले नै गरेका छन् ।

नेपालका अत्यन्तै आकर्षक स्थानहरूलाइ समेटि म्युजिक भिडियो तयार पारिएको यस भिडियोका संगीतकार तथा निर्देशक आलोक शर्माले बताए ।

प्रवासमा रहेर पनि नेपाल तथा नेपाली संकृतिको माया मार्न नसकिने भावना ब्यक्त गर्ने शर्मा अमेरिकाभित्र हुने बिभिन्न सांगीतिक कार्यक्रममा भाग लिइसकेका तथा थुप्रै सांगीतिक प्रतियोगीतामा सफलता हासिल गरिसका छन् ।

Published : Wednesday, 2019 November 13, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया