कम्युनिस्टलाई हराउन कांग्रेसले तोक्यो खड्कालाई ‘कमाण्डर’
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि महामन्त्री पूर्णबहादुर खड्कालाई चुनावी संयोजक तोकेको छ ।
नेपाली कांग्रेसले उपनिर्वाचनको चुनावी अभियानलाई सशक्त बनाउन भन्दै महामन्त्री खड्कालाई पार्टीका तर्फबाट संयोजनको जिम्मा दिएको हो ।
योसँगै उपनिर्वाचन हुने जिल्लाले केन्द्रमा महामन्त्री खड्कासँगको संयोजनमा जिल्ला जिल्लामा चुनावी रणनीति बनाउनेछ ।
सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनलाई लक्षित गरेर पदाधिकारीमध्येबाट नै चुनावी संयोजनको जिम्मा दिने निर्णय गरेको थियो ।
महामन्त्री खड्काले पार्टीले जिल्ला जिल्लामा निर्वाचनलाई लक्षित गरेर प्रचार समिति तथा उपसमितिहरू बनाएको र उम्मेदवारसहित घरदैलो कार्यक्रमसमेत शुरु भइसकेको बताए ।
‘उपनिर्वाचन हुने जिल्लामा प्रचार प्रसार समिति तथा उपसमितिहरू गठन गरेर उम्मेदवारसहित घरदैलो अभियान शुरु भइसकेको छ’, खड्काले भने, ‘चुनावी अभियानमा सिंगो पार्टी होमिसकेको छ, अब केन्द्रबाट प्रतिनिधि तोकेर पठाइन्छ ।’
नेपाली कांग्रेसले उपनिर्वाचन हुने जिल्लामा जिल्लासँगको समन्वयमार्फत आवश्यकताअनुसार शीर्ष नेताहरूलाई समेत जिल्ला उतार्ने रणनीति बनाएको छ ।
नेपाली कांग्रेसले सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई उपनिर्वाचन हुने जिल्लामा प्रचारप्रसार तथा निर्वाचन लक्षित सबै कार्यक्रममा सहभागी हुन निर्देशनसमेत दिइसकेको छ ।
नेपाली कांग्रेसले उम्मेदवारहरूलाई आर्थिक भार पर्ने गरेर केन्द्रबाट नेताहरू निर्वाचन क्षेत्रमा नजान पनि नेताहरूलाई सचेत गराएको छ ।
‘उम्मेदवार र स्थानीय कांग्रेसले जुन नेतालाई बोलाउँछ त्यो नेता केन्द्रको अुनमति लिएर जानुपर्छ’, नेपाली कांग्रेसले भनेको छ, ‘निर्वाचन क्षेत्रमा गएर भिड गरी उम्मेदवार र स्थानीय नेताहरूलाई अलमन गरेर भोट माग्ने कार्यमा अबरोध गर्नु हुँदैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया