देउवाले श्रद्धाका साथ नाम लिँदै सम्झिए गणेशमान सिंहलाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताएका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम लौहपुरुष सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा सभापति देउवाले विज्ञप्ति जारी गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका हुन् ।
राष्ट्रिय राजनीतिमा लौहपुरुषका रुपमा परिचित एवम अन्तर्रा्ष्ट्रिय राजनीतिक क्षेत्रमा समेत प्रभावशाली नेताका रुपमा स्थापित स्व.सिंहको त्याग र निष्ठाको भावी पुस्ताले सम्मान गर्ने देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘पार्टीका अमूल्य निधि एवं धरोहर सिंहको लामो कठिन र संघर्षशील राजनीतिक जीवनका विविध पक्ष तथा उनले मुलुकका लागि पु¥याउनु भएको योगदानलाई आज उनको जन्मदिनका अवसरमा स्मरण गर्दै उनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्व.सिंहको निष्ठा र संघर्षशील जीवनबाट वर्तमानसँगै भावी पुस्ता पनि निरन्तर प्रेरित रहिरहने सभापति देउवाको विश्वास छ ।
सर्वोच्च नेता सिंहको जन्म १९७१ कात्तिक २४ गते काठमाडौँको चाक्सीबारीमा भएको थियो ।
स्व.सिंहको जन्मजयन्तीका अवसरमा पार्टी, भ्रातृ एवम शुभेच्छुक संस्थाले सोमबार विविध कार्यक्रम आयोजना गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया