मुग्लिनमा कांग्रेसको भेला, ईच्छाकामनाको सभापति श्रेष्ठ चयन

भरतपुर । चितवन जिल्लामा नेपाली कांग्रेसले ईच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ चयन गरेको छन् ।

आइतबार मुग्लिन बजारमा भएको नेपाली कांग्रेसको ईच्छाकामना गाउँपालिकाको समायोजन भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो ।

सभापतिमा चयन भएका श्रेष्ठ नेपाली कांग्रेसको तात्कालीन दारेचोक गाविसका सभापति थिए ।

श्रेष्ठले स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचन लड्ने पक्का भएपछि सभापति पद छाडेका थिए ।

श्रेष्ठ ईच्छाकामना गाउँपालिकाको निर्वाचित उपाध्यक्ष समेत हुन् ।

सोही भेलाले दुई जनालाई सह–सभापतिमा चयन गरेको छ ।

तात्कालीन काउले गाविसका सभापति एकबहादुर अधिकारी र दाहाखानी गाविसका सभापतिलाई नेपाली कांग्रेस ईच्छाकामनाको सह–सभापतिमा चयन गरिएको छ ।

Published : Monday, 2019 November 11, 8:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया