रामचन्द्र पौडेल पूर्वी पहाडी जिल्लाको भ्रमणमा जाँदै

काठमाडौं । नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन प्रदेश एकका विभिन्न जिल्लाहरूको भ्रमणमा निस्कने भएका छन् ।

वरिष्ठ नेता पौडेल कात्तिक २६ गते मंगलवार मकवानपुरको हेटौँडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश ३ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रमपछि पौडेलले सडकमार्ग हुँदै झापा प्रस्थान गर्ने कार्यक्रम रहेको उनका निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । कात्तिक २७ गते पौडेल बाराको निजगढ र सिरहाको लाहानमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

पौडेलको प्रदेश नम्बर १ का जिल्लाहरूको भ्रमण शुरु झापाबाट गर्ने कार्यक्रम छ । उनले कात्तिक २८ गते नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको आयोजनामा हुने बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कात्तिक २९ गते पौडेलले झापाबाट ईलामका लागि प्रस्थान गर्ने र ईलाममा हुने आमसभालाई सम्बोधन गर्नेछन् ।

नेता पौडेलले कात्तिक ३० गते ईलामबाट पाँचथर प्रस्थान गर्ने र पाँचथरको फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

मंसिर १ गते पाँचथरवाट ताप्लेजुङ्ग प्रस्थान गर्ने र नेपाली कांग्रेस ताप्लेजुङ्गले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएको छ ।

नेता पौडेल मंसिर २ गते ताप्लेजुङ्गबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Published : Sunday, 2019 November 10, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया