प्रदेश प्रमुखलाई मालाकाे माेह, माला भिरिरहने प्रवृत्ति
काठमाडौं । सुदूरपश्चिम प्रदेशको नवनियुक्त प्रदेश प्रमुख शर्मिला त्रिपाठीले फूलको माला राम्रोसँग लगाउन नसकेको भन्दै आलोचित बनेकी छिन् ।
पूर्वमाओवादी पृष्ठभूमि भएकी सत्तारुढ नेकपाकी नेतृ त्रिपाठीलाई दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो ।
सामाजिक सञ्जालमा त्रिपाठीले अनुहार नै छोपिने गरेर फूलको माला लगाएको तस्वीर भाइरल बनेको छ ।
‘हरे ! यो के देख्नु परेको हो । भर्खरै प्रदेश प्रमुख नियुक्त शर्मिला त्रिपाठीको फोटो हो रे यो’, सामाजिक सञ्जालमा एकजना पत्रकारले लेखेका छन्, ‘उनी वेपत्ता परिवारकी सदस्य हुन् । उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई सुरक्षा निकायले संकटकालमा काठमाडौको शान्तिनगर गेटबाट नियन्त्रणमा लिएको थियो । हालसम्म वेपत्ता छन् ।’
‘पारिवारिकरूपमा शर्मिलाको अवस्था कमजोरै थियो । प्रचण्डले उनीमाथि न्याय गरे’, उनले भनेका छन्, ‘तर यो माला लगाउन त ढंग पुर्याएको भए हुन्थ्यो नि । प्रदेश प्रमुखका रूपमा उनका काम पनि यस्तै बेढंगे नहुन ।’
‘मेरो आशय माला मोहमा हो है । काँधले नै धान्न नसक्दा पनि माला भिरिरहने प्रवृत्ति गलत छ । चेला, चपेटाहरूले त बिचरा बचाउ गर्नै पर्यो’, ती पत्रकारते भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया