भक्तपुरमा कांग्रेसका भँडेलद्वारा मनोनयन दर्ता, साथमा देखिए विश्वप्रकाश (तस्वीर)

भक्तपुर । भक्तपुर क्षेत्र नं. १ ‘क’मा नेपाली कांग्रेसको तर्फबाट कृष्णलाल भँडेलले प्रदेश सभाको उपनिर्वाचनमा मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार बिहीबार नारावाजी र जुलुससहित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरिएको हो । थापाले नेपाली कांग्रेसले उपनिर्वाचन जित्ने दाबी गरे ।

मनोनयन दर्ता गर्न जाने क्रममा नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्मा पनि सँगै निर्वाचन कार्यालय पुगेका थिए ।

शर्माले नेपाली कांग्रेसको तर्फबाट देशभरि प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।

मनोनयन दर्ता गर्न जाने क्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नारावाजी गर्नुका साथै कांग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।

Published : Thursday, 2019 November 7, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया