कांग्रेस नेता शाहले लगाए ‘गो ब्याक ईण्डिया’को नारा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले कालापानी र लिपुलेक नेपालको रहेको भन्दै भारतको चर्को विरोध गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता शाहले ‘गो ब्याक ईण्डिया’को नारा लगाएका छन् । शाहले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘गो ब्याक ईण्डिया’को नारा लगाएका हुन् ।

युवा नेता शाहले लेखेका छन्, ‘कालापानी एण्ड लिपुलेक आवर ल्याण्ड, गो ब्याक ईण्डिया ।’

नयाँदिल्लीले लिपुलेक र कालापानीलाई भारतभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोध भइरहेका बेला नेपाली कांग्रेसका नेता शाहले भारतको विरोध गरेका हुन् ।

नेपाली कांग्रेसले पनि नेपाली माटोलाई कसैले धावा बोल्यो भने चुप लागेर नसहने चेतावनी दिइसकेको छ ।

नेपाली कांग्रेसका नेताहरूले भारतको यो हर्कतको विरोध गर्दै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई कुटनीतिक रुपमा परामर्श गरेर समाधान खोज्न सुझाव दिँदै आएका छन् ।

Published : Thursday, 2019 November 7, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया