तरुण दलद्वारा धर्ना, नेताहरू रिहाइ र भ्रष्ट डीएसपीलाई कारबाहीको माग
नेपालगञ्ज । प्रहरी ज्यादतीको विरोध गर्दै नेपाल तरुण दल बाँकेले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय बाँकेको मुख्य द्वारमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताले धर्ना दिएका हुन् ।
उनीहरूले पक्राउ परेका नेपालगञ्ज नगर समितिका सभापति सन्दीपजंग शाहसहितका नेता तथा कार्यकर्ताहरूलाई रिहाइको माग गर्दै धर्ना दिएका हुन् ।
तरुण दलले आफ्ना कोषाध्यक्ष केशर खड्कालाई खसी मागेर तिघ्रमा गोली ठोक्ने धाम्की दिने ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीलाई कारबाहीको माग गर्दै धर्ना बसेको जनाइएको छ ।
प्रहरीले नेपाल तरुण दल नेपालगञ्ज कार्यसमितिका अध्यक्ष सन्दीपजंग शाहलाई छ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।
तरुण दलले अध्यक्ष शाहसहितका नेताहरूलाई फसाएको भन्दै आन्दोलन गर्दै आएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया