सनातन धर्मको संरक्षण र सम्बर्धन गर्नुपर्छः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सनातन धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको बुधबार उद्घाटन गर्दै देउवाले सनातन धर्मको संरक्षण र सम्बर्धन गर्नुपर्ने बताएका हुन् ।
‘सनातन धर्म संस्कृतिको संरक्षण र सम्बर्धन गर्न हामी सबै एकजुट होऔं’, सभापति देउवाले भनेका छन् ।
संविधानले सबै धर्मलाई बराबरी अधिकार दिएको भन्दै देउवाले पछिल्लो समय हिन्दूधर्ममाथि विभिन्न प्रहार भइरहेको बताएका थिए । उनले कसैको आस्थामाथि प्रहार गर्ने काम गर्न नहुने बताए ।
सभापति देउवाले लोकतन्त्रमा सबैको अधिकार र हैसियत बराबरी हुने बताएका थिए ।

Published : Wednesday, 2019 November 6, 6:22 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया