काठमाडौंमा नारायण मन्दिरका लागि भारतद्वारा मठाधीश भवन निर्माण

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा स्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दरराज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरूको सहभागीता थियोे ।

यो मन्दिर काठमाडौं जिल्लाको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरूको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो ।

संसारभरि रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यस बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ ।

यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरूबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरू आउँछन् ।

मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ ।

भारत सरकारको ने.रु. २.१८ करोड अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरूलाई आश्रय दिनेछ । जिल्ला समन्वय समिति काठमाडौंैंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।

दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको छ ।

Published : Wednesday, 2019 November 6, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया