कास्की, दाङ, भक्तपुर र बागलुङमा यी नेताहरूले पाए कांग्रेसकाे टिकट
काठमाडौं । नेपाली कांग्रेसले कास्की २ सहित दाङ र भक्तपुरको उपनिर्वाचनको पार्टीका तर्फबाट टिकट दिइएकाहरूको टुंगा लगाएको छ ।
सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकले कास्की २ मा खेमराज पौडेललाई टिकट दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसले बागलुङ २ ‘ख’मा जित शेरचनलाई टिकट दिएको छ ।
दाङ क्षेत्र नम्बर ३ ‘ख’मा नेपाली कांग्रेसले नेता केशव आचार्यलाई टिकट दिएको छ ।
मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरु निम्नानुसार चयन हुनु भएको छ l#प्रतिनिशभा
कास्की-२, खेमराज पौडेल#प्रदेशसभा
१, बागलुङ २ को २ ; जित शेरचन
२, दाङ ३ को २ ; केशव आचार्य
३, भक्तपुर १ को १ कृष्ण भंडेल pic.twitter.com/2lNpkDgzwF— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 6, 2019
भक्तपुर क्षेत्र नम्बर १ ‘क’मा कृष्ण भँडेललाई नेपाली कांग्रेसले टिकट दिएको छ ।
नेपाली कांग्रेसले पार्टीका अधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन निर्देशन दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया